पाँचथर । सुनसरीको न्यु स्टार क्लबलाई हराउँदै काठमाडौंको मच्छिन्द्र फुटबल क्लब ११औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ । फिदिम माविको मैदानमा आज भएको दोस्रो क्वाटरफाइनलमा मच्छिन्द्रले न्यु स्टारलाई ६–२ गोल अन्तरले पराजित गर्याे । यस्तै हिजोको पहिलो क्वाटरफाइनलमा त्रिभुवन आर्मीलाई हराउँदै आयोजक फिदिम स्पोर्ट्ङि क्लब सेमिफाइनलमा पुगेको छ । गएको शनिवारदेखि शुरू भएको प्रतियोगिताको फाइलन पुस १५ गते हुने छ । प्रतियोगिताको विजेताले १० लाख पाँच सय ५५ रुपैयाँ तथा उपविजेताले पाँच लाख पाँच सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा ‘ए’ डिभिजन लिगका चार क्लबसहित १० वटा टिमको सहभागिता रहेको छ ।