२७ पुष २०८१, शनिबार

बेलायतको संसदभित्र सम्बोधन गर्न कांग्रेस वरिष्ठ नेता कोइराला बेलायत जाँदै

विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला बेलायतको संसदभित्र सम्बोधन गर्न बेलायत जाने भएका छन् ।

बेलायतको संसदभित्र सम्बोधन गर्ने नेता कोइराला पहिलो नेपाली नेता हुनेछन् । यसअघि नेपालका कुनै पनि राजनैतिक दलका नेताले बेलायतको संसदभित्र सम्बोधन गर्ने अवसर प्राप्त गरेका थिएनन् । प्रनितिधिसभा सदस्यसमेत रहेका नेता कोइराला बेलायतको संसद भवनभित्र यही जनवरी १३ का दिन एक विशेष कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।

बेलायतका विदेशमन्त्री क्याथराइन वेष्ट र उद्योग व्यापार वाणिज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा कोइराला बेलायत जाँदैछन् । बेलायतको संसद भवनभित्र बेलायती विदेशमन्त्री र उद्योग, व्यापार, वाणिज्यमन्त्रीलगायत सांसदको उपस्थितिमा सम्बोधन गर्न पाउने नेपालबाट पहिलो र दक्षिण एशियाबाट दोस्रो नेता कोइराला बन्नेछन् ।

नेता कोइरालाले प्रजातन्त्रको जननी बेलायतको संसदभित्र हुने कार्यक्रमलाई सम्बोधन गर्न पाउनु कांग्रेसका लागि मात्रै नभएर नेपाली राजनैतिक दलका नेता र नेपालका लागि निकै गर्वको कुरा भएको विराटनगर महानगरपालिकाका मेयरसमेत रहेका नेपाली कांग्रेस मोरङका उपसभापति नागेश कोइरालाले बताए । बेलायत नेपाल सम्बन्धको इतिहासमा नेपालबाट बेलायत संसद भवनभित्र बेलायती विदेशमन्त्री र उद्योग, वाणिज्य, व्यापारमन्त्रीको उपस्थितिमा सम्बोधन गर्न पाउने पहिलो नेपाली नेता डा. शेखर कोइराला बन्ने भएका छन् ।

प्रतिक्रिया
मिल्दोजुल्दो

hello, Moneytag !

हाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीम

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क