२७ पुष २०८१, शनिबार

ओलीको सन्देश ‘गुटबन्दी र अराजकता स्वीकार्य छैन’

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुटबन्दी र अराजकता स्वीकार्य नहुने चेतावनी दिएका छन् ।

आजदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले लोकतन्त्रको नाममा गुटबन्दी गरेर भाँडभैलो मच्याउने काम नगर्न आग्रह गर्दै यसले पार्टीलाई कमजोर बनाउने उल्लेख गरे ।

‘लोकतन्त्रका नाममा पार्टीभित्र गुटबन्दी गरेर भाँडभैलो मच्याउने कार्यले पार्टीलाई बलियो बनाउँदैन,’ अध्यक्ष ओलीले बहकावमा नलागी एउटै नीतिगत लयमा पार्टी र देशको स्वार्थलाई केन्द्रमा राखेर अगाडि बढ्न आग्रह गरे । अध्यक्ष ओलीले विरोधीहरूले लगाएका आरोपको तथ्य र प्रमाणका आधारमा खण्डन गर्न पनि निर्देशन दिएका छन् ।
उनले केन्द्रीय कमिटी बैठकमा ४३ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पनि पेस गरेका छन् ।

अध्यक्ष ओलीले प्रस्तुत गरेको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले ३/३ मिनेट धारणा राख्नेछन् ।

प्रतिक्रिया
मिल्दोजुल्दो

hello, Moneytag !

हाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीम

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क