विराटनगर । आज बिहान ५ बजेर ५० मिनेटमा चीनको तिब्बतमा गएको भुकम्पको झड्का नेपाल, भारत र बंगादेशसम्म महसुश भएको छ । तिब्बतको सिंगात्से केन्द्रविन्दू भएर ७ .१ रेक्टर स्केलको प्रारम्भीक जानकारी आएको छ । ठुलो भुकम्पको कारण क्षतिसमेत ठुलो भएको हुन सक्ने अनुमान गरिएको छ ।
भारतको उत्तरी क्षेत्र, भुटान र बंगालादेशसम्म भुकम्पको झड्का महसुश गरिएको छ । पूर्वउत्तर पहाडी क्षेत्रमा यसले ठुलो क्षति गरेको हुन सक्ने आशंका गरिएको छ ।