०६ बैशाख २०८२, शनिबार

सन्दीपको भावुक स्टाटसले तात्यो माहोल, सन्यास लिन लागेका हुन ?

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा लेगस्पीनर सन्दीप लामिछानेले फेसबुकमा राखेको एउटा स्टाटसले नेपाली क्रिकेटको माहोल तातेको छ ।

सन्दीपले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट राख्दै नेपालका समर्थकहरूप्रति कृतज्ञता प्रकट गर्दै सबैजनालाई यो सबै कुराको लागि धन्यवाद । यो देश र यहाँका क्रिकेट समर्थकहरुले सधैं मेरो समर्थन गर्दै मेरो यात्रामा निरन्तर साथ दिनुभएको छ । यो माया र हौसला मेरा लागि सबथोक भएको र सदा मनमा विशेष किसिमले रहिरहनेछ । लेखेका छन् ।

उनको यो स्टाटसलाई सामान्य रूपले लिने मान्छे एकतर्फ रहँदा लाखौंको मनमा भने कौतुहलता पनि ल्याएको छ । सन्दीपले केही ठुलो निर्णय लिन लागे कि भनेर । कतिले सन्यासको संकेत भएको समेत टिप्पणी गरेका छन् । कतिले भने चर्चाका लागि मात्रै उनले यो पोष्ट गरेको हुन सक्ने अड्कल काटेका छन् । सन्दीपले यस्तो स्टाटस लेखेपछि फोन पनि अफ गरेका छन् ।

२४ वर्षीय सन्दीपका लागि सन्यास लिनका लागि त्यस्तो ठुलो कारण चाहिँ देखिँदैन । उनको व्यक्तिगत इच्छाबाहेक अन्य कारणले सन्यास लिनुपर्ने केही छैन । नेपाली टोलीबाट विश्‍वकप पनि खेलिसकेका उनले आइपीएल र बीबीएललगायत विश्‍वका चर्चित लिगहरू खेलिसकेका छन् । युवा उमेरमै उच्चस्तरको सफलता हासिल गरेका सन्दीपको फर्ममा पछिल्लो समय एकरूपता नदेखिएपनि त्यही कारणले उनले केही निर्णय लिनुपर्ने भने देखिँदैन किनकि उनको करियर अझै लामो समय बाँकी छ ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क