
रुपन्देही । रास्वपाका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने आज कार्यालय खुले लगत्तै जिल्ला अदालत रुपन्देहीमा उपस्थित हुने तयारीमा रहेका छन ।
उनीविरुद्ध सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको कसुरमा आइतबार अदालतमा १० करोड ९९ लाख बिगोसहितको मुद्दा दायर भएको थियो । सोही मुद्दाको प्रतिवादका लागि लामिछाने हिजो साँझ भैरहवा आएका हुन् ।
लामिछाने बुधवार अदालत उपस्थित हुनका लागि मङ्गलवार जहाजमार्फत भैरहवा आइपुगेको रास्वपा सहकोषाध्यक्ष दीपक बोहराले जनाएका छन् । लामिछाने मङ्गलवार दिउँसो साढे ४ बजे भैरहवा विमानस्थलमा उत्रिएका थिए । लामिछानेले आफ्ना तर्फबाट सकेसम्म कम वकिल राखेर एक दुई दिनमै बहस सिध्याउने योजनामा छन् ।
अहिले लामिछानेको पक्षमा बहस गर्नका लागि कानुन व्यवसायी नारायणदत्त कँडेल भैरहवामा आइसकेको छामिछानेको सचिवालय हेरेका अविनाश आचार्यले जनाए ।
रुपन्देही जिल्ला अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले अदालतमा हाजिरी भएपछि उपलब्ध न्यायाधीशमध्येबाट कसको इजलासमा जाने निधो हुने बताए ।