०६ बैशाख २०८२, शनिबार

महानगरस्तरीय कबडी प्रतियोगिता सुरु

विराटनगर । मदन भण्डारी स्पोट्र्स एकेडेमी विराटनगर महानगर कमिटीको आयोजनामा आजदेखि सुरु भएको महानगरस्तरीय कबडी प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर १४ विजयी भएको छ । वडा नम्बर १४ ले वडा नम्बर २ लाई ६२- २३ ले पराजित गरेको थियो । यस्तै दोश्रो खेलमा वडा नम्बर १७ विजयी भएको छ । वडा नम्बर १७ ले वडा नम्बर ८ लाई ५१-४४ले पराजित गरेको हो ।

तेश्रो खेलमा वडा नम्बर ४ ले वडा नम्बर १२ लाई पराजित गर्याे । वडा नम्बर ४ ले वडा नम्बर १२ लाई ४८ -४१ को अन्तरले पराजित गरेको खेल संयोजक हमिद आजादले बताए । आजको अन्तिम खेलमा वडा नम्बर १६ ले वडा नम्बर ७ लाई पराजित गरेको छ । वडा नम्बर १६ ले वडा नम्बर ७ लाई ५३-१६ को अन्तरले पराजित गरेको हो । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ५१ हजार रुपैयाँसहित सिल्ड तथा प्रमाणपत्र र दोश्रो हुनेलाई ३१ र तेश्रो हुने दुई टिमलाई ११ हजार नगद पुरस्कारसहित शिल्ड तथा प्रमाण पत्र प्रदान गरिने संयोजक आजादले बताए । प्रतियोगिता माघ १७ गतेसम्म सञ्चालन हुने छ ।

ेलको उद्घाटन गर्दै नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य विनोद ढकालले खेलकुदको विकास स्थानीय सरकारले ध्यान दिनु पर्ने बताए । उनले सम्भावना बोकेको खेलका रुपमा रहेको कबडीलाई सरकारले विषेश ध्यान दिनु पर्ने धारणा राखे । युवाहरुलाई अनुशासित बनाउन र स्वस्थ्य राख्न खेलकुदको महत्व रहेको चर्चा गर्दै नेता ढकालले खेल क्षेत्रमा लाग्न युवाहरुलाई प्रेरित गर्ने गरीको नीति राज्यले लिनु पर्ने बताए । कार्यक्रममा बोल्दै नेकपा एमाले विराटनगरका नेता सागर थापाले नेकपा एमालेले खेलकुदको विकासमा विषेश ध्यान दिइरहेको बताए । उनले खेलाडी युवाहरुले खेल खेलेरै जीविकोपार्जन हुन सक्ने आधार बनाउनु पर्नेमा जोड दिए । खेल खेलेर जीवन धान्न सक्छु भन्ने नभएकै कारण खेलाडीहरु पलायन भइरहेको भन्दै उनले त्यसलाई रोक्न हरेक खेलका गतिविधिहरु नियमित रुपमा हुनु पर्नेमा जोड दिए ।

अघिल्लो वर्ष पनि मदन भण्डारी स्पोटर््स एकेडेमीले महानगरस्तरीय कबडी प्रतियोगिताको आयोजना गरेको र यसलाई निरन्तरता दिने एकेडेमी विराटनगर अध्यक्ष गोपाल झाले जानकारी दिए ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क