०६ बैशाख २०८२, शनिबार

के फिल्म खेल्दैछिन भाइरल मोनालिसा ?

 काठमाडौं । भारतको प्रयागराजमा जारी महाकुम्भ मेला रुद्राक्षको माला बेच्दै गर्दा भाइरल भएकी मोनालिसा भोस्ले हिन्दी फिल्म खेल्ने भएकी छिन् । सामाजिक सञ्जालमा यी नीला आँखावाली किशोरी मोनालिसाको मुस्कानले समेत चर्चा पाएको छ ।

मोनालिसालाई भाइरल मोनालिसाको नाम दिइएको छ । उनले मेलामा रुद्राक्षका माला बेच्छिन् । त्यही बेला उनको सौन्दर्यमा लोभिएका केही मान्छेले भिडियो खिचेर सामाजिक संजालमा पोस्ट गरे । भिडियो रातारात भाइरल भयो ।

मोनालिसाको गाढा छाला, सुन्दर आँखा अनि लवजलाई धेरैले मन पराउन थाले । त्यसयता उनको चर्चा देश विदेशमा चुलिएको छ । केही मिडिया रिपोर्टमा निर्देशक सनोज मिश्राले फिल्मको अफर गरेको दावी गरेका छन् । मिश्राले यसअघि ‘दी डायरी अफ वेस्ट बंगाल’ र ‘रामकी जन्मभूमि’जस्ता फिल्म निर्देशन गरेका छन् ।

मोनालिसाले भने अफरको बारेमा कुनै प्रतिक्रिया नदिएको बताइएको छ । मिश्राले ‘दी डायरी अफ मणिपुर’मा भूमिकाको लागि अफर गरेका थिए ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क