
विराटनगर । विराटनगर १४ डिग्री क्याम्पसको विज्ञान भवन मैदानमा जारी विराटनगर महानगरस्तरीय कबडी प्रतियोगिताको सेमिफाइलनमा वडा नम्बर ९, १०,१४ र १७ पुगेका छन् ।
आज भएको क्वाटरफाइनल खेलमामा वडा नम्बर १३ लाई पराजित गर्दै वडा नम्बर १४ सेमिफइनलमा पुगेको हो । यस्तै वडा नम्बर ४ लाई पराजित गर्दै वडा नम्बर १७ सेमिफाइलनमा स्थान बनाउन सफल भयो । वडा नम्बर ११लाई पराजित गर्दै वडा नम्बर ९ सेमिमा पुग्दा वडा नम्बर १६ लाई हराएर वडा नम्बर १० पनि सेमिफाइलनसम्म पुगेको हो ।
वडा नम्बर १० र ९ बाइ पाएर क्वाटर फाइलनमा आएका हुन् । मदन भण्डारी स्पोट्र्स एकेडेमी विराटनगर कमिटीको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल पनि भोलि नै हुने छ । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ५१ हजार रुपैयाँसहित सिल्ड तथा प्रमाणपत्र र दोश्रो हुनेलाई ३१ र तेश्रो हुने दुई टिमलाई ११ हजार नगद पुरस्कारसहित शिल्ड तथा प्रमाण पत्र प्रदान गरिने खेल संयोजक हमिद आजादले बताए ।