०६ बैशाख २०८२, शनिबार

कान्तिपुरका स्काउट विद्यार्थी दिक्षित

विराटनगर । कान्तिपुर माध्यमिक विद्यालयका स्काउट विद्यार्थीहरुलाई दिक्षित गरिएको छ । आज एक कार्यक्रमका बिच ४४ जना विद्यार्थीहरुलाई दिक्षित गरिएको छ ।

कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने २८ छात्रा र १६ छात्रालाई दिक्षित गरिएको स्काउट मास्टर निश्चिल श्रेष्ठले बताए । छात्राहरुलाई स्काउट मास्टर दीपशिखा ढकाल र छात्रहरुलाई स्काटउ मास्टर निश्चल श्रेष्ठले दिक्षित गरे । कार्यक्रममा बोल्दै विराटनगर स्काउटका प्रमुख आयुक्त नवीन पहाडीले विराटनगरका सबै विद्यालयमा स्काउट पुर्याउने अभियान रहेको बताए ।

विद्यार्थीहरुलाई अनुशासित बनाउन र समाजसेवाप्रति जागरुक बनाउन स्काउटको भूमिका रहेको उनले बताए । कार्यक्रममा बोल्दै कान्तिपुर स्काउटका अध्यक्ष तथा कान्तिपुर विद्यालयका भाइसप्रिन्सिपल देविलाल महतोले स्काउटबाट लिएको ज्ञानले विद्यार्थीहरुमा अनुशासन बढ्ने अपेक्षा रहेको बताए । उन्नतीका लागि अनुशासन महत्वपूर्ण रहेको र स्काउटले विद्यार्थीहरुलाई अनुशासन र सहयोग गर्न सकिएको भन्दै स्काउट प्रति धन्यवाद व्यक्त गरे ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क