
विराटनगर । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास एवंम स्वास्थ्यमन्त्री भुपेन्द्र राईले खेलकुदको माध्यमबाट युवाहरुलाई स्वस्थ्य र अनुशासित बनाउन सकिने बताएका छन् ।
आज खोटाङ जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा आयोजित राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०८१ को उद्घाटन गर्दै मन्त्री राईले विद्यार्थीहरुलाई अनुशासित बनाउन र स्वस्थ्य बनाउन विद्यालयमा खेलका गतिविधि गरिरहन आवश्यक रहेको बताए । स्वस्थ्य र अनुशासित भएमात्रै जीवन सफल हुन सक्ने भएकाले विद्यार्थीहरुलाई अनुशासित बनाउन आवश्यक रहेको उनको भनाइ छ । खेलकुदको विकासमा प्रदेश सरकारले समेत उचित ध्यान दिने उनले बताए ।
खेलकुदको माध्यमबाट देशको पहिचान समेत बढ्ने मन्त्री राईले बताए । मन्त्री राईले स्थानीय तहको विकासका लागि समेत प्रदेश सरकार हातेमालो गरेर अघि बढ्ने बताए । दिप्रुङ चुईचुम्मा गाउँपालिकाको विकासमा आवश्यक पर्ने सहयोग गर्ने उनको भनाइ थियो । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०८१ को उद्घाटन मन्त्री राई र दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले संयुक्त रुपमा गरेका थिए ।