०३ बैशाख २०८२, बुधबार

अभागी बाबु : आफैले चलाएको ट्रकले किच्दा छोरीको ज्यान गयो

बनेपा – काभ्रेपलाञ्चोकको बनेपामा एक दुःखद घटनामा बाबुले चलाएको ट्रकले ठक्कर दिँदा तीन वर्षीया बालिकाको मृत्यु भएको छ। बनेपा नगरपालिका-४, नाला क्षेत्रमा बिहीबार बिहान उक्त दुर्घटना भएको हो।

इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख ज्ञानबहादुर खडकाका अनुसार मृतक समीक्षा बराललाई उनका बाबु सरोज बरालले चलाइरहेको महेन्द्र निशान (बा ४ ख ८५९२) ट्रकले किचेको थियो। सिन्धुली, गोलन्जोर गाउँपालिका-१ का स्थायी बासिन्दा बराल परिवारसहित नालामा बस्दै आएका थिए।

स्थानीय शुभकामना सप्लायर्स नामक बालुवा डिपोमा बस्दै आएका बरालले ट्रक ब्याक गर्ने क्रममा छोरी समीक्षालाई देख्न सकेनन्, जसका कारण उनी गम्भीर घाइते भइन् र घटनास्थलमै ज्यान गुमाइन्।

दुर्घटनापछि ट्रकलाई नियन्त्रणमा लिइएको छ भने चालक बाबु प्रहरी सम्पर्कमै रहेको जनाइएको छ। मृतक बालिकाको शव पोष्टमार्टमका लागि धुलिखेल अस्पताल लगिएको छ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क