०३ बैशाख २०८२, बुधबार

बीएसएन स्कुलमा बेकरी तालिम, एसईई दिएकालाई खुशीको खबर

विराटनगर । विराटनगरस्थित बीएसएन स्कुल अफ होटल म्यानेजमेन्टले विद्यार्थीहरुका लागि १० दिने बेकरी तालिम सुरु गरेको छ । यसै शैक्षिक सत्रदेखि संचालनमा आएको स्कुलले कक्षा ११ का विद्यार्थीहरुका लागि निःशुल्क रुपमा बेकरी तालिमको आयोजना गरेको हो । शैक्षिक क्यालेन्डर अनुशार स्नातक तहमा मात्रै बेकरीको अध्ययन र प्रयोगात्मक पाक कला हुने भएपनि विद्यार्थीको दक्षता र समयानुकुल क्षमता अभिबृद्धिका लागि निःशुःल्क रुपमा बेकरी तालिम आयोजना गरिएको बीएसएन स्कुल अफ होटल म्यानेजमेन्टका प्रवन्ध निर्देशक मनोज राजवंशीले जानकारी दिए । आफूहरुले विद्यार्थीहरुको विकासका लागि अभिभावसँग जनाएको प्रतिवद्धता र घरमै केक लगायतका बेकरी बनाएर खान सकियोस् भनेर ११ कै विद्यार्थीहरुलाई बेकरी तालिम दिइएको उनले बताए ।

राजवंशीले एसईई दिएर बसेका विद्यार्थीहरुका लागि पनि चाडै १० दिने निःशुल्क बेकरी तालिम सुरु गर्ने समेत बताएका छन् । एसईईपछि होटल म्यानेजमेन्ट अध्ययनप्रति चासो राख्ने विद्यार्थीहरुलाई लक्षित गर्दै निःशुल्क बेकरी कोर्स सुरु गर्न लागिएको उनले बताएका छन् । यसै शैक्षिक सत्रदेखि विद्यार्थीहरुलाई प्लस टु मै दक्ष बनाउने गरी विराटनगरमा एक्सक्लुसिभ बीएसएन स्कुल अफ होटल म्यानेजमेन्टको स्थापना भएको राजबंशीले बताएका छन् । अहिले बीएसएनको पहिलो ब्याचमा ५ दर्जन भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क