१६ बैशाख २०८२, मंगलबार

सरकारको रिसले काठमाडौं टावर भत्काउँदै मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह (बालेन) ले काठमाडौं टावर (भ्यू टावर) भत्काउने योजना बनाएका छन्। उनले टावर निर्माणमा भ्रष्टाचार भएको आरोप लगाउँदै, यसलाई भत्काउने तयारी थालेका हुन् । टावर भत्काएपछि मात्र यसमा संलग्नको पहिचान गर्न सकिने भन्दै उनले भत्काउनलाई सचिवालयबाट निर्णय नै गरिसकेको श्रोतले जनाएकोछ । उनले यो टावर बनाउँदा भएको भ्रष्टाचारमा सरकारको मिलेमतो रहेको आशंका पनि व्यक्त गरेका छन्।

महानगरका प्रमुख स्वकीय सचिव भूपदेव साहले टावर भत्काउने निर्णयको पक्षमा कुरा गर्दै, यस निर्णयलाई लागू नगरेसम्म भित्री कुरा बाहिर नआउने बताएका छन्। उनका अनुसार, यस विषयमा सम्बन्धित विभागहरूको राय अनुसार मात्र अघि बढ्ने प्रक्रिया चलिरहेको छ।

तर, महानगरका प्रवक्ता नवीन मानन्धर भने मेयर शाहको योजनाप्रति बेखबर छन्। उनले भने कि आफूलाई यस विषयमा कुनै जानकारी छैन र यो केवल मेयरकै सचिवालयमा भएको छलफल मात्र हो। उनले टावरको निर्माण अहिले सम्म नियमानुसार भएको र बाँकी निर्माणको नक्सापासमा मात्र विवाद भएको बताएका छन्।

यो निर्णयको बारेमा छानबिन समिति पनि गठन गरिएको थियो, जसले काठमाडौं टावरको बारेमा अध्ययन गरिरहेको छ। तथापि, मेयर शाहले समितिको प्रतिवेदन अस्वीकार गर्दै, टावर भत्काउने तर्क अघि बढाएका छन्। यसले काठमाडौं टावरको भविष्य र यससँग सम्बन्धित कानूनी र प्रशासनिक चुनौतीहरूको संभावना बढाएको छ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क