०३ बैशाख २०८२, बुधबार

तीनकुने आगलागीमा एभिन्युजका पत्रकारको मृत्यु

काठमाडौं, १५ चैत — काठमाडौंको तीनकुनेमा भएको आगलागीमा परेर एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको छ। उनले टेलिभिजनका लागि दृश्य खिच्ने क्रममा भवनको छतमा पुगेका बेला आगलागी भएको थियो।

राजावादी प्रदर्शनकारी र प्रहरीबीच झडप भएपछि तीनकुनेस्थित एक भवनमा आगो लागेको थियो। आगलागीपछि रजक सम्पर्कविहीन भएका थिए। उनका सहकर्मीहरूले घटनास्थलमा नै रहेको सूचना दिएर पनि समयमै उद्धार हुन नसकेको बताएका छन्।

एभिन्युज टेलिभिजनका सम्पादक शिव दाहालले रजक सम्पर्कविहीन भएको जानकारी दिँदै अस्पतालहरूमा खोजी गरिएको बताए। घटनास्थलमा टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकार समेत पुगेका छन्।

यस घटनापछि सञ्चार क्षेत्रका प्रतिनिधिहरूले पत्रकारहरूको सुरक्षामा गम्भीर ध्यान दिनुपर्ने माग गरेका छन्। सञ्चारकर्मीहरू जोखिमपूर्ण स्थानमा खटिन बाध्य भइरहेको भन्दै उनीहरूले राज्यबाट उचित सुरक्षा व्यवस्था गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क