
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पक्राउ परेका छन्। उपत्यका प्रहरी प्रमुख एआईजी टेकबहादुर तामाङका अनुसार प्रहरीले केहीबेरअघि उनीहरूलाई नियन्त्रणमा लिएको पुष्टि गरेका छन्।
त्यसैगरी, राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपाललाई पनि उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको छ। प्रहरी स्रोतका अनुसार नेपाललाई काठमाडौं उपत्यकाभित्रैबाट पक्राउ गरिएको हो, तर थप विवरण सार्वजनिक गरिएको छैन।
उक्त आन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई भने प्रहरीले घरमै नियन्त्रणमा राखेको छ। स्वास्थ्य अवस्था नाजुक रहेकाले उनलाई निवासमै निगरानीमा राखिएको प्रहरीले जनाएको छ।