०३ बैशाख २०८२, बुधबार

कोइराला खान्दानका पहिलो कम्युनिस्ट नेता कमलको निधन

विराटनगर । लेखक, कूटनीतिज्ञ र पत्रकार कमल कोइरालाको ८७ वर्षको उमेरमा निधन भएको छ।
केही दिन पहिले घरमा लडेर अचेत भएपछि उनलाई तत्कालै सिनामंगलस्थित केएमसी अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा आज राति ९ बजे उनकाे निधन भएको छ। उनकाे निधनसँगै नेपाली पत्रकारिता र राजनीतिमा ठूलो क्षति पुगेको छ। कोइरालाले पत्रकारितामा लामो समयसम्म योगदान दिएका थिए र उनले नेपालका विभिन्न राजनीतिक र सामाजिक घटनामा महत्त्वपूर्ण भूमिका निर्वाह गरे।



उनी पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा र कोइराला परिवारका एकमात्र कम्युनिष्ट थिए। कोइरालाले पार्टी कामसँगै पत्रकारितामा पनि सक्रिय रहेर समाजका जटिल पक्षलाई उजागर गर्दै आएका थिए। २०४७ पछि उनले साप्ताहिक दृष्टि र अन्य पत्रिकामा पत्रकारिता गरेका थिए र २०५१ को मध्यावधि निर्वाचनमा मोरङ जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचन जितेका थिए।

कोइरालाको कार्यक्षेत्र भनेको मात्रै राजनीति र पत्रकारिता थिएन, उनले कोरियाका लागि नेपाली राजदूतको रूपमा पनि ३ वर्षे कार्यकाल सम्हालेका थिए। उनका विचार र योगदानले नेपालको समाज र राजनीतिमा सधैं एउटा अद्वितीय छाप छोडेको छ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क