०३ बैशाख २०८२, बुधबार

बेपत्ता भएका दुर्गा प्रसाईंले देश छाडिसकेको खुलासा

काठमाडौं— काठमाडौंको तीनकुनेमा राजसंस्थाको पुनःस्थापनाको मागसहित भएको प्रदर्शनको नेतृत्व गरेका व्यवसायी दुर्गा प्रसाईं प्रदर्शनकै दौरान प्रहरी नियन्त्रणमा परेको केही घण्टापछि रहस्यमय तरिकाले बेपत्ता भएका थिए।

करिब हजार प्रहरीको उपस्थितिमै उनी गाडीमा अघि बढ्दा पनि सुरक्षाकर्मीले प्रभावकारी कदम चाल्न सकेनन्।

प्रदर्शनका क्रममा हिंसा भड्किएपछि दुई जनाको मृत्यु भयो भने एक जना पत्रकारको घरमै आगो लगाएर ज्यान लिइयो। यति संवेदनशील परिस्थितिमा पनि प्रहरीले प्रसाईंलाई नियन्त्रणमा लिएर फेरि छाडिदिएको थियो। यसपछि उनी केही समय आफ्ना समर्थकहरूसँग बसेको देखिए पनि त्यसपछि अचानक सम्पर्कविहीन भए।

सुरक्षास्रोतका अनुसार, प्रसाईं रातारात मोटरसाइकलमा हेटौंडा हुँदै भारत पुगेका छन्। प्रहरीले पक्राउको आदेश ढिलो आएको दाबी गरिरहेका बेला उनको सुराकीसमेत पत्ता नलाग्नु सुरक्षा संयन्त्रकै असफलता भएको भन्दै बहस सुरु भएको छ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क