०६ बैशाख २०८२, शनिबार

तीनकुने घटनामा संलग्न जोसुकै भएपनि कारबाही गर्ने प्रधानमन्त्रीको दाबी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनामा संलग्न जोसुकै भए पनि कानुनी कारबाहीको दायरामा ल्याइने बताएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले तीनकुनेमा घटेका सबै गतिविधिलाई निन्दनीय र खेदजनक भएको बताएका छन्।

‘यी सबै निन्दनीय र खेदजनक कार्य हुन्,’ प्रधानमन्त्री ओलीले भने, ‘यस्ता घटनामा संलग्नमाथि जुनसुकै तवरमा किन नहुन्, कडा प्रशासनिक कारबाही हुन्छ।’

साथै, उनले सोही दिन समाजवादी मोर्चाले गरेको कार्यक्रम शान्तिपूर्ण भएको उल्लेख गर्दै सम्बद्ध दलहरूलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क