
विराटनगर । विराटनगर महानगरपालिका-४ बरगाछी पश्चिममा अवस्थित हेरिटेज इन्टरनेसनल स्कुलले विद्यार्थी र वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुनबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
सो अवसरमा स्कुलका विद्यार्थीहरुले बैज्ञानिक पुनसंग विभिन्न जिज्ञासा राखेका थिए । विद्यार्थीहरुले डा. पुनको अभियान र नयाँ आविष्कारका विषयमा प्रश्न राखे । विद्यार्थीको जिज्ञासा मेट्ने क्रममा डा. पुनले आविष्कार केन्द्र र आफ्नो अभियानको बारे जानकारी गराएका थिए । उनले विद्यार्थीहरुलाई अध्ययनमा ध्यान दिन सुझाब दिए ।
कार्यक्रममा डा. पुनको अभियानलाई सहयोग गर्न विद्यालयले २१ हजार बराबरको पुस्तक खरिद गरेको प्रिन्सिपल सुशान्त बाँनियाले जानकारी दिए ।
वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. पुन वीरगंजस्थित कृषि औजार कारखाना संचालनकालागि खर्च जुटाउन भन्दै पुस्तक बिक्रि अभियानमा क्रममा केहिदिनयता विराटनगरमा छन् ।