०३ बैशाख २०८२, बुधबार

१५ गतेको घटनामा पूर्वराजा दोषी : महासचिव पोखरेल

इटहरी । नेकपा एमालेका महासचिव शंकर पोखरेलले चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको अराजक घटनाको मुख्य योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह भएको आरोप लगाएका छन्।

सुनसरीको इटहरीमा आयोजित पार्टी सभालाई सम्बोधन गर्दै पोखरेलले पूर्वराजाको निर्देशनमा पूर्वराजावादी समूहले तीनकुने, कोटेश्वर, जडिबुटीलगायतका क्षेत्रमा अराजकता मच्चाएको दाबी गरे। उनले यस घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजाले लिनुपर्ने बताएका छन्।

महासचिव पोखरेलले पूर्वराजाले फागुन ७ गते नै संविधानविरोधी अभिव्यक्ति दिएको उल्लेख गर्दै चैत्र १५ को हिंसात्मक घटनामा उनको प्रत्यक्ष संलग्नता रहेको दाबी गरे। दुर्गा प्रसाईंको भूमिकालाई लिएर पनि पूर्वराजामाथि आरोप लगाउँदै पोखरेलले भने, ‘प्रसाईंलाई उचाल्ने र भड्काउने काम स्वयं पूर्वराजाले गरेका हुन्।’

तीनकुने घटनाबारे पूर्वराजा शाहले हालसम्म कुनै आधिकारिक धारणा नब्यक्त गरेको भन्दै पोखरेलले जनतामाझ स्पष्टिकरण दिन पूर्वराजालाई आग्रह गरे। उनले पूर्वराजा शाह न त आफ्नै परिवारका लागि उपयोगी छन्, न त नेपाली जनताका लागि, भन्दै कडा टिप्पणी समेत गरे।

 

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क