०६ बैशाख २०८२, शनिबार

टोखामा ट्रकभित्र भेटिएको २५ करोड बराबरको डलर–युरोको रहस्य खुल्यो, अनुसन्धान तीव्र

काठमाडौं । काठमाडौंको टोखा झोरस्थित ट्रकभित्र फेला परेको २५ करोड रुपैयाँ बराबरको अमेरिकी डलर र युरोको रहस्य अन्ततः खुलेको छ। प्रहरीको गुप्तचर टोली र विज्ञ अनुसन्धानपछि उक्त रकम कसको हो भन्ने खुलासा भएको हो।

प्रहरीका अनुसार, ट्रकमा भेटिएको उक्त विदेशी मुद्राको मालिक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थायी घर भई हाल टोखा नगरपालिका–१० बस्ने नारायण पौडेल रहेको पुष्टि भएको छ। प्रारम्भिक अनुसन्धानपछि पौडेलको आर्थिक स्रोत, रकमको कारोबार र संलग्न अन्य व्यक्तिहरूबारे अनुसन्धान तीव्र पारिएको छ।

यस घटनाले राजधानीमा अवैध मुद्रा ओसारपसारको गिरोह सक्रिय रहेको संकेत दिएको भन्दै प्रहरीले थप अनुसन्धान गरिरहेको छ। प्रहरी स्रोतका अनुसार यो प्रकरणमा अन्य व्यक्ति वा समूहको पनि संलग्नता हुन सक्ने आशंका गरिएको छ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क