०३ बैशाख २०८२, बुधबार

नेकपा एमाले विराटनगर महानगरको दोस्रो अधिवेशन तयारी सुरु

विराटनगर । नेकपा एमाले विराटनगर महानगरको दोस्रो अधिवेशनको तयारी तीव्र पारिएको छ। आज बसेको सचिवालय बैठकले विभिन्न नौ वटा समिति गठन गर्दै अधिवेशनलाई भव्य रूपमा सम्पन्न गर्ने निर्णय गरेको छ। बैठकले वैशाख २ र ३ गते हुने अधिवेशनका लागि चैत्र २८ गते भूगोलका प्रतिनिधि र चैत्र २९ गते जनसंगठनका प्रतिनिधि चयन गर्ने निर्णय गरेको छ।

महानगरका सचिव बलराम गिरीका अनुसार अध्यक्ष रोहित कोइरालाको संयोजकत्वमा २५१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ। यस्तै, प्रतिनिधि व्यवस्थापन उपसमिति बलराम गिरीको संयोजकत्वमा, प्रचार–प्रसार उपसमिति प्रवक्ता राम पोखरेलको संयोजकत्वमा, आर्थिक उपसमिति मनोज विक्रम साहको संयोजकत्वमा, स्वयंसेवक उपसमिति प्रकाश पोखरेलको संयोजकत्वमा, राजनीतिक तथा सांगठनिक प्रतिवेदन लेखन उपसमिति अध्यक्ष कोइरालाको संयोजकत्वमा, तथा अतिथि सत्कार उपसमिति उपाध्यक्ष सुनिता श्रेष्ठको संयोजकत्वमा गठन गरिएको छ।

बैठकपछि अध्यक्ष कोइरालाले अधिवेशनलाई सफल बनाउन सबैलाई जिम्मेवारी तोकिएको जानकारी दिए। प्रतिनिधि चयन गर्दा प्रत्येक १५ संगठित सदस्य बराबर १ जना प्रतिनिधि रहनेछन् भने तीन प्रतिनिधिमा एक महिला अनिवार्य हुने व्यवस्था मिलाइएको छ। कुल प्रतिनिधिमध्ये २० प्रतिशत युवाको प्रतिनिधित्व अनिवार्य गरिएको छ भने सीमान्तकृत, दलित, मुस्लिम, अल्पसंख्यक, मारवाडी समुदायको प्रतिनिधित्वसमेत सुनिश्चित गरिएको छ।

नेकपा एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा महानगर इन्चार्ज पर्शुराम बस्नेतले बैठकलाई सम्बोधन गर्दै एमालेभित्र कुनै गुट नरहेको भन्दै सर्वसम्मत नेतृत्व चयनमा जोड दिए। उनले पार्टीलाई कमजोर बनाउने गलत प्रचारबाजीविरुद्ध सचेत रहनुपर्ने बताए।

नेकपा एमाले मोरङका सचिव सोमराज थापाले एमाले अनुशासित पार्टी भएको बताउँदै अधिवेशनले एकताको सन्देश दिने विश्वास व्यक्त गरे।

महानगरकी उपप्रमुख तथा एमाले नेतृ शिल्पा निराला कार्कीले पार्टीलाई बलियो बनाउन व्यक्तिवादभन्दा माथि उठ्नुपर्ने बताइन्। उनले पार्टी निर्णयहरू चिया पसल, मिडिया वा अन्य फोरममा छलफल हुने तर जनप्रतिनिधिहरूसँग परामर्श नगर्ने प्रवृत्ति हटाउनुपर्नेमा जोड दिइन्।

उनले अबको नेतृत्व अभिभावकीय भूमिका निभाउने क्षमता राख्ने हुनुपर्ने सुझाव दिइन्।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क