०३ बैशाख २०८२, बुधबार

डढेलोमा परेर एक युवतीको मृत्यु, तीनजना घाइते

पाँचथर – पाँचथरमा आगलागीको घटनामा एक युवतीको मृत्यु भएको छ भने तीन महिला घाइते भएका छन्। कुम्मायक गाउँपालिका–३ ताम्राखुमा वनमा लागेको डढेलोमा परी बिहीबार हात्तीपोखरीकी २६ वर्षीया प्रतिमा सम्बाहाम्फेको ज्यान गएको हो।

बिहीबार बिहान प्रतिमासँगै २८ वर्षीया सपना सम्बाहाम्फे, ११ वर्षीया शिवाना सम्बाहाम्फे र ६० वर्षीया निरमाया सम्बाहाम्फे जङ्गलमा घाँस काट्न गएका थिए। तर, वनमा लागेको आगोबाट जोगिन प्रयास गर्दा उनीहरू डढेलोको शिकार भएका थिए। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विनालाल साहका अनुसार घटनामा चारै जनालाई आगोबाट बच्न दौडिँदा दुर्घटना भएको हो। घाइते चारै जनालाई उपचारको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइँदा प्रतिमाको मृत्यु राति बाटोमै भएको प्रहरीले जनाएको छ। अन्य तीन जनाको उपचार जारी छ।

कुम्मायक–३ का वडाध्यक्ष बावुराम कार्कीका अनुसार, वनमा लागेको आगो अझै नियन्त्रणमा आएको छैन र हावाहुरीका कारण आगो फैलने खतरा बढेको छ। स्थानीय नागरिक खगेन्द्र विक आगो निभाउन जाँदा लडेर घाइते भएका छन्।

त्यसैगरी, फिदिम नगरपालिका–१३ जैवारीस्थित रानीवन सामुदायिक वनमा पनि डढेलो लागेर फिदिम–१४ की ४७ वर्षीया उषा नेम्बाङ राई घाइते भएकी छिन्। उनी दाउरा बोकेर फर्कने क्रममा आगोको शिकार भएकी हुन्। अहिले उनी धरानमा उपचार भइरहेको छ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क