१४ बैशाख २०८२, आइतबार

रविलाई थुनामा पठाउन उच्च अदालतको आदेश

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई थुनामा राख्न उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेश दिएको छ। जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई थुनाबाहिर राख्ने आदेश दिएकोमा उच्च अदालतले उक्त निर्णय बदर गर्दै उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

उक्त मुद्दाका अर्का प्रतिवादी छविलाल जोशीको हकमा भने बुटवल इजलासले जिल्ला अदालतको आदेश सदर गरेको छ। जोशीलाई जिल्ला अदालतले पहिल्यै थुनामा पठाउने आदेश दिएको थियो।

उच्च अदालतका सूचना अधिकारी यमप्रसाद बास्कोटाका अनुसार, इजलासले दुवै प्रतिवादीको विषयमा छुट्टाछुट्टै निर्णय सुनाएको हो। अदालतको यो आदेशपछि लामिछानेलाई कारागार चलान गरिने भएको छ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क