०३ बैशाख २०८२, बुधबार

यति सस्तो एयरबर्डस् पाउने भएपछि पसलमा भयो थामिनसक्नुको भीड, प्रहरीले दिनु पर्याे सुरक्षा

काठमाडौं – नयाँ वर्षको सुरुवातसँगै अल्टिमा लाइफस्टाइलले ल्याएको ‘बयासीको अफर’ एकाएक चर्चाको केन्द्र बन्यो। कम्पनीले रु. ३४९९ मूल्य पर्ने फ्युजन ३६० इयरबड्स केवल रु. ३६० मा दिने अफर ल्याएपछि राजधानीको पुतलीसडकस्थित नयाँ आउटलेटमा बिहानैदेखि हजारौंको संख्यामा ग्राहकहरू जम्मा भए।

अत्यधिक भीडले ट्राफिक अवरोध र सुरक्षाको जोखिम बढेपछि प्रहरी बाध्य भएर हस्तक्षेप गर्नुपर्‍यो। सिंहदरबार प्रहरी वृत्तका डीएसपी गंगा पौडेलले भने, “भीड अत्यधिक थियो, कतै दुर्घटना नहोस भनेर हामीले तत्कालै बोर्ड हटाएर मानिसहरूलाई तितरबितर पार्यौं। त्यहाँ शान्ति सुव्यवस्थाको अवस्था चुनौतीपूर्ण बन्दै गएको थियो।”

कम्पनीले उद्घाटन समारोहमार्फत अफर सुरु गर्ने तयारी गरेको थियो। तर परिस्थिती नियन्त्रण बाहिर जाँदै गएपछि कार्यक्रम स्थगित गरिएको छ। अल्टिमा लाइफस्टाइलका प्रवक्ता रवि केसी भन्छन्, “हामीले ग्राहकहरूको उत्साह देखेर निकै खुशी भएका थियौं तर सुरक्षालाई ध्यानमा राख्दै कार्यक्रम र अफर केही समयका लागि रोकिएको हो। अर्को सूचना नआएसम्मका लागि अफर स्थगित छ।”

शुक्रबार बिहान ६ बजेदेखि नै युवायुवतीहरूको भीड पुतलीसडकमा देखिन थालिसकेको थियो। कतिपय ग्राहक त अफर नपाएर निराश पनि देखिए।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क