
के तपाईंलाई थाहा छ—थाइल्यान्डकी नयाँ प्रधानमन्त्रीसँग २१७ वटा ह्यान्डब्याग छन्? ७५ वटा ब्रान्डेड घडी छन्? अनि कुल सम्पत्ति ४० करोड डलरभन्दा बढी छ?
हो, कुरा गर्दैछौं थाइल्यान्डकी ३७ वर्षीया प्रधानमन्त्री पेटोङ्टार्न सिनावात्राको, जसले राजनीतिमा लागेको जम्मा तीन वर्षमै देशको सिँहासन सम्हालिन्।
हिजोको होटल व्यवसायी, आजको प्रधानमन्त्री!
पेटोङ्टार्न २०२२ सम्म होटल व्यवसायमा थिइन्। त्यसपछि अचानक राजनीति प्रवेश गरिन्—त्यो पनि सामान्य कार्यकर्ता भएर होइन, सिधै सिनावात्रा वंशको उत्तराधिकारी भएर। बाबु थाक्सिन सिनावात्रा र फुपू यिङ्लक सिनावात्रा दुबै प्रधानमन्त्री भइसकेका छन्।
सुन्दरता, सम्पत्ति र सत्ता—सबैको संगम
बेलायतबाट इन्टरनेसनल होटल म्यानेजमेन्टमा स्नातकोत्तर गरेकी पेटोङ्टार्नले प्रधानमन्त्री बन्नुअघि नै करोडौंको सम्पत्ति छ भन्ने खुलेको थियो। तर सबैभन्दा बढी चर्चा भयो, उनले घोषणा गरेको सामानको सूचीले—
– २१७ थान महँगा ह्यान्डब्याग
– ७५ वटा घडी
– १३ अर्ब ८० करोड भाट बराबरको सम्पत्ति
सामान्य नेताबाट प्रधानमन्त्री बन्ने कथाहरू त सुनेकै हो, तर यस्तो ‘लक्जरी लिडर’ को कथा कमै सुन्न पाइन्छ।
‘ग्ल्यामर’ र ‘गट्स’ दुवै भएकी नेतृ
उनको जीवनशैलीले केही आलोचना त खप्नुपर्यो, तर उनको आत्मविश्वास र स्पष्ट दृष्टिकोणले युवाहरूलाई तानिरहेको छ। संसददेखि सोशल मिडियासम्म उनलाई ‘फ्रेस फेस अफ थाई पॉलिटिक्स’ भनेर चर्चा गरिएको छ।