०३ बैशाख २०८२, बुधबार

अफगानसँग एक रनले नेपाल पराजित, एक खेल अघि नै सिरिजको छिनोफानो

नेपालले अफगानिस्तानसँगको तीन खेलको युथ ओडीआई सिरिज गुमाएको छ। आइतबार, काठमाडौंको मूलपानी क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपाललाई एक रनको नमीठो हार भोग्नुपर्‍यो। यसअघि, पहिलो खेलमा पनि नेपाल १३० रनले पराजित भएको थियो।

दोस्रो खेलमा अफगानिस्तानले १६९ रनको लक्ष्य दिएको थियो। नेपालले उक्त लक्ष्य ४९ ओभर ३ बलमा १६७ रनमा समेटियो। नेपाललाई जितका लागि अन्तिम ३ बलमा ३ रन आवश्यक थियो, र एक विकेट हातमा थियो। यद्यपि, अन्तिम बल नो बल भए पनि दर्श सोनार रनआउट भए र नेपाललाई एक रनले हार स्वीकार गर्नुपर्‍यो। सोनारले ३१ बलमा २१ रन बनाएका थिए।

नेपालका लागि ओपनर साहिल पटेलले ६४ रन बनाउँदा, अभिषेक तिवारीले २४, निरजकुमार यादवले १५ र कप्तान नरेन भट्टलृले १३ रन बनाएका थिए। बलिङमा अफगानिस्तानका वाहिदुल्लाह जार्डान, जइतुल्लाह साहीन र हफिज जार्डानले समान २ विकेट लिएका थिए।

अफगानिस्तानले टस जितेर पहिले ब्याटिङ गर्दै १६८ रनमा समेटिएको थियो। अफगानिस्तानका कप्तान मेहबुब खानले ५८ रन बनाए। नेपालका सन्तोष यादवले ३ विकेट लिए।

यससँगै नेपालले सिरिज अफगानिस्तानलाई सुम्पेको छ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क