०३ बैशाख २०८२, बुधबार

प्रतिनिधिलाई घर पठाएर नेताहरुले छाने नेकपा एसको नेतृत्व, चन्द्रवीर नै दोहोरिए

विराटनगर । नेकपा एकीकृत समाजवादी मोरङको नयाँ नेतृत्वको टुंगो नेताहरुले लगाइदिएका छन् । गत मंगलबारदेखि शुरू भएको जिल्ला अधिवेशनमा आएका प्रतिनिधिहरुलई विदा गरेर छैटौं दिन नयाँ नेतृत्व चयन गरिएको हो । झण्डै एक हप्ता लगाएर नेतृत्व छान्दा पनि पदाधिकारी तथा सदस्य भने अपूरो नै छन् । उनीहरूलाई जिल्ला कमिटीको बैठकबाट मनोनीत गरिने एसका नेताहरूले बताएका छन् ।

प्रतिनिधिलाई घर पठाएर कोठाबाट नेतृत्व छानिएको हो । पदाधिकारीमा धेरै आकांक्षी देखिएपछि एसका केन्द्रका प्रतिनिधि पार्टी कार्यालयमा बसेर पदाधिकारी छानेका थिए । उपाध्यक्ष जगन्नाथ खतिवडा, सचिव बलदेव चौधरी लगायतका नेताले पार्टी कार्यालयमा बसेर जिल्ला पदाधिकारी छानेका हुन् ।

अध्यक्षमा चन्द्रवीर राई पुनः दोहोरिएका छन् । दुई उपाध्यक्षमध्ये अध्यक्षका दावेदार रहेका दीपक ढकाल निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ । अध्यक्षका तीन जना मुख्य दाबेदारमा चन्द्रवीर राई, उद्धव पोखरेल र दीपक ढकाल थिए । तीनै जना दाबेदारलाई अध्यक्ष र उपाध्यक्ष बनाउने सहमति नेताहरूले गरे पनि पोखरेलले उपाध्यक्ष बस्न नमानेपछि एक उपाध्यक्ष पछि छान्ने गरी जिल्ला कमिटी बनाइएको नेताहरूले बताएका छन् ।

सचिवमा तुलसी ढकाल निर्वाचित भएका छन् । अधिवेशनले तीन नेतालाई उपसचिव बनाएको छ । भूपाल बस्नेत, ढकबहादुर राई ९डीबी० र सुभद्रा राई उपसचिव बनेका छन् ।

नेकपा एसले कार्यकर्ता व्यवस्थापन गर्नका लागि भने केही पद भने नयाँ खडा गरेको छ । पदाधिकारी सरह नै रहने गरी प्रेम भारतीलाई कार्यालय सचिव बनाइएको छ । उनले सचिव पदमा उम्मेदवारी दिएका थिए ।

आर्थिक विभाग प्रमुखमा चन्द्र शर्मा पराजुली निर्वाचित भएका छन् ।

यो जिल्ला अधिवेशनले ९१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्नुपर्ने भएपनि ७७ सदस्य मात्रै छानेको छ ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क