०३ बैशाख २०८२, बुधबार

प्रमुख प्रशासकीय हाजिर भएपछि काठमाडौं महानगरका कर्मचारी र जनप्रतिनिधिले पाए तलब

काठमाडौं । काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले लामो समयपछि रोकिएको तलब पाएका छन्। तीन महिनादेखि रोकिएको तलब सोमबार सबैको खातामा जम्मा भएको महानगरका प्रवक्ता नवीन मानन्धरले पुष्टि गरे ।

महानगरमा प्रमुख प्रशासकीय अधिकृत नुहँदा तलब वितरण प्रभावित हुँदै आएको थियो। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं पुस ७ गतेदेखि विदामा बसेपछि कर्मचारी तथा जनप्रतिनिधि तीन महिनादेखि तलब बिनै काम गर्न बाध्य भएका थिए। प्रमुख प्रशासकीय अधिकृतलाई महानगरका मेयर बालेन साहले महानगरमा हाजिर हुनबाट रोक लगाउँदै आएका थिए । तर उपमेयर सुनिता डंगोलको नेतृत्वमा कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृत गुराँगाईलाई हाजिर गराएपछि उनले तलब दिने प्रकृया अघि बढाएका थिए ।

तलब नपाएको भन्दै कर्मचारीहरूले निरन्तर दबाब दिँदै आएका थिए। यसैबीच, गुरागाईं गत बिहीबार कार्यालयमा फर्किएपछि केही समय माहोल तनावग्रस्तसमेत बनेको थियो।

तर, फर्किएपछि उनले चाँडै निर्णय गर्दै भोलिपल्टै तलब वितरण प्रक्रिया अगाडि बढाएका थिए। नतिजा स्वरूप सोमबार सबै कर्मचारी र जनप्रतिनिधिको खातामा तलब पुगेको हो।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क