
विराटनगर। आज विराटनगरलगायतका देशका केही भूभागमा वर्षा भइरहेको छ । कोशी र मधेस प्रदेशका अधिकांश स्थानमा वर्षा हुनेछ । कोशी र मधेसमा मध्यम वर्षा हुनेछ । कोशी र मधेश प्रदेशका धेरै स्थानमा अहिले वर्षा भइरहेको मौसमविद्हरुले बताए ।
बाँकी प्रदेशका पहाडी र हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् डेबिड ढकालले जानकारी दिए ।
यसैबीच, काठमाडौंमा बिहानैदेखि मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ । दिउँसो रोकिएपनि बेलुकीपख फेरी वर्षा सुरु हुने उनले बताए ।
राति पनि देशका धेरै स्थानमा दिउँसो भन्दा ठुलो वर्षा हुने सम्भावना छ । राति कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना रहेको छ ।
बाँकी प्रदेशको पनि पहाडी र हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् ढकालले जानकारी दिए ।