
काठमाडौं – नेपाली क्रिकेटका भरोसायोग्य अलराउण्डर दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा अर्को अपराजित कीर्तिमान आफ्नो नाममा लेखाएका छन्।
क्रिकेटमा ‘डक’ अर्थात् शून्यमा आउट हुनु आम कुरा हो। तर ऐरी भने यो मामिलामा अपवाद सावित हुँदै आएका छन्। उनले हालसम्म टी-२० अन्तर्राष्ट्रियमा खेलेका ७६ खेलमध्ये ६६ इनिङमा ब्याटिङ गर्दै एकपल्ट पनि डक आउट नभएको कीर्तिमान राखेका छन्। बाँकी १० खेलमा उनलाई ब्याटिङको मौका नै मिलेन।
बिहीबार सम्पन्न कुवेतविरुद्धको खेलमा पनि ऐरीको धमाकेदार प्रदर्शन देखियो। उनले १२ बलमा ३१ रनको विस्फोटक इनिङ खेल्दै नेपालको जितमा अन्तिम चोट पुर्याए – फिनिसरको भूमिकामा झन चम्किंदै।
यो कीर्तिमानले उनले वेस्ट इन्डिजका चर्चित खेलाडी मार्लन सामुयल्सलाई पनि पछि पारेका छन्, जसले ६५ इनिङसम्म डक आउट नभई खेलेका थिए।
दीपेन्द्रको नाममा पहिलेदेखि नै केही अनौठा कीर्तिमान छन्
९ बलमा अर्धशतक बनाउने विश्व कीर्तिमान, जुन केवल बराबरी गर्न सकिन्छ, तोड्न सकिन्न।
एकै ओभरमा ६ बलमा ६ छक्का हान्ने दुर्लभ उपलब्धिमा उनी पनि समावेश छन्।
क्रिकेट खेलको कीर्तिमान बनाउनपनि पनि ऐरी ुमास्टरु साबित हुँदै गएका छन्। नेपाली क्रिकेटको उकालो यात्रामा उनका बल र ब्याट दुवैको चमक अझै चम्किन बाँकी नै देखिन्छ।