१० बैशाख २०८२, बुधबार

९ दिन पछि कार्यालयमा झुल्किए मेयर बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) नौ दिनपछि बिहीबार कार्यालय पुगेका छन्। महानगर स्रोतका अनुसार, उनी केहीबेरका लागि कार्यकक्षमा उपस्थित भएर फेरि निस्किएका हुन्।

“आज एकछिन कार्यालय आउनुभएको थियो, फेरि निस्किनुभयो,” स्रोतले जानकारी दियो।

तर, मेयरका प्रेस संयोजक सुरेन्द्र बजगाईंले भने मेयर कार्यालयमै रहेको बताए। “मेयर कार्यालय नआएर कहाँ जानुहुन्छ? अहिले पनि मेयर सा’ब कार्यालयमै हुनुहुन्छ,” उनले भने।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालयमा हाजिर हुनुअघि नै मेयर बालेन बिदामा बसेका थिए। गुरागाईं गत बिहीबार कार्यकक्षमा फर्किएका थिए। सो अवसरमा महानगर प्रहरी बलको अवरोधका बाबजुद कर्मचारी र जनप्रतिनिधिले उनलाई कार्यकक्षसम्म पुर्‍याएका थिए।

त्यसबेला मेयर बालेन दोलखाको भीमसेनमा थिए। उनी गत मंगलबारदेखि कार्यालय गएका थिएनन्।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क