
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत चेन्नई सुपर किङ्स (सीएसके) मा कप्तानी परिवर्तन भएको छ। बाँकी खेलका लागि रुतुराज गाइक्वाडको स्थानमा महेन्द्र सिंह धोनीले फेरि कप्तानी सम्हाल्ने भएका छन्।
चोटका कारण गाइक्वाड मैदानबाहिर
क्रिकइन्फोका अनुसार गाइक्वाडको कुहिनोमा चोट लागेका कारण उनी यस सिजनका बाँकी खेलहरूमा सहभागि हुन नसक्ने भएका छन्। त्यसैले, टिम व्यवस्थापनले अनुभवी कप्तान धोनीलाई पुनः जिम्मेवारी सुम्पिएको हो।
सिजनमा कमजोर प्रदर्शन
चेन्नई सुपर किङ्सले हालसम्म यो सिजनमा सन्तोषजनक प्रदर्शन गर्न सकेको छैन। खेलेका ५ खेलमध्ये ४ खेलमा पराजित हुँदै सीएसके १० टिम सहभागी लिगको अंकतालिकामा नवौं स्थानमा रहेको छ।