०३ बैशाख २०८२, बुधबार

राजावादी आन्दोलनका अगुवा दुर्गा प्रसाईँले आसाम प्रहरीसमक्ष गरे आत्मसमर्पण

काठमाडौं । राजसंस्थाको पुनःस्थापनाका पक्षमा देशव्यापी आन्दोलन चर्काइरहेका दुर्गा प्रसाईँले भारतको आसाम राज्यमा गएर प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।

उनको सचिवालयले सामाजिक सञ्जालमार्फत उक्त जानकारी सार्वजनिक गरेको हो। सचिवालयको फेसबुक पेजमा शुक्रबार   ९:१३ बजे प्रकाशित स्टाटसमा प्रसाईँले आफ्नो सुरक्षाको कारण देखाउँदै आत्मसमर्पण गरेको उल्लेख गरिएको छ।

स्टाटसमा भनिएको छ, “अहिले २ घण्टा अगाडि हाम्रा अभियानका संयोजक श्री दुर्गा प्रसाईंज्यूले आफ्नो सुरक्षा को लागि आफैँ भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको छ। हिजोमात्रै हामीले भिडियोमार्फत हाम्रो ज्यानको सुरक्षा सुनिश्चित भए २४ घण्टाभित्र उपस्थित हुने बताएको थियौं। आज हामी उपस्थित भयौं।”

सचिवालयले स्टाटसको अन्त्यमा ‘जय देश, जय राष्ट्रवाद’ लेख्दै  आन्दोलन जारी रहने संकेतसमेत दिएको छ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क