०६ बैशाख २०८२, शनिबार

दाइजोमा पार्टीको टिकट नपाउँदा यातना दिएको भन्दै मुद्धा दर्ता

भारत (उत्तर प्रदेश) । भारतको बहुजन समाज पार्टी (विएसएफ) की प्रमुख नेतृ मायावतीकी भतिजीले श्रीमान तथा सासुससुरामाथि गम्भीर आरोप लगाएकी छिन्। उनले विवाहपछि दाइजे माग्दै श्रीमान र घरका सदस्यहरु मिलेर यातना दिने गरेको बताएकी हुन् । दाइजोको रुपमा पार्टीबाट सांसदको टिकट मागेको आरोप उनले लगाएपछि यो घटना अहिले भारतमा निकै चासोको विषय बनेको छ।

पीडित महिलाले भनिन्, ‘सुरुका दिनमै मेरो श्रीमान र उनका परिवारले भने — ‘हामीलाई पार्टीको टिकट चाहिन्छ, ५० लाख रुपैयाँ चाहिन्छ र गाजियाबादमा एउटा फ्ल्याट पनि चाहिन्छ।’’  यी मागहरू पूरा नभएपछि उनलाई घरभित्रै दुर्व्यवहार गर्न थालियो। खान लाउन नदिने, गाली गर्ने, कुटपिट गर्ने मात्र होइन, उनको शारीरिक तथा मानसिक शोषणसमेत गरिएको उनले बताइन्।

उक्त महिला बहुजन समाज पार्टीकै नेतृ मायावतीकी भतिजी भएकाले मुद्दा अझ गम्भीर बन्न पुगेको हो। उनले आफ्ना श्रीमान विशाल, सासु पुष्पा देवी (जो हापुड़ नगरपालिकाकी अध्यक्ष हुन्) सहित सात जनाविरुद्ध उजुरी दिएकी छिन्। उजुरीमा सबैले मिलेर षड्यन्त्रपूर्वक दहेजको माग गरेको, र नदिएको भन्दै शोषण गरेको उल्लेख छ।

यो उजुरी अदालतमार्फत दर्ता गरिएको थियो। अदालतले तत्काल पुलिसलाई अनुसन्धान गर्न आदेश दिएको छ। त्यसैका आधारमा अहिले सबै सात जना व्यक्तिविरुद्ध एफआईआर दर्ता भइसकेको छ। प्रहरी प्रशासनले अनुसन्धान सुरु गरिसकेको छ र थप कारबाही अघि बढाउने तयारीमा छ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क