०६ बैशाख २०८२, शनिबार

दुर्गा प्रसाईलाई काकडभिट्टा नाकाबाट नल्याइने, अर्कै नाकातर्फ लागे प्रहरी

विराटनगर । भारतबाट नेपाल ल्याइँदै गरेका दुर्गा प्रसाईँका आफन्त र शुभ चिन्तकको भीड मेची पुलमा भएपछि प्रहरीले उनलार्य रुट परिवर्तन गरेर नेपाल ल्याउने तयारी गरेको छ । प्रसाईलाई अर्कै नाकबाट नेपाल ल्याउने तयारी भइरहेको प्रहरी श्रोतले जनाएको छ ।

भारतीय प्रहरीको सहयोगमा आसाम क्षेत्रमा पक्राउ परेका प्रसाईँलाई गलगलिया नाकबाट नेपाल ल्याउने गरी रुट परिवर्तन भएको हो । गलगलिया नाका झापाको भद्रपुरसँग जोडिएको भारतीय सीमा हो ।

जिल्ला प्रहरी कार्यालय झापा श्रोतका अनुसार मेची पुलमा आफन्त र समर्थकको भीड बढेपछि उनलाई अर्कै नाकाबाट नेपाल छिराउने तयारी भएको हो ।

उनलाई लिन झापाका प्रहरी प्रमुख मिलन केसी गलगलिया नाका तर्फ लागेका छन् । प्रहरी श्रोतका अनुसार भारतीय प्रहरीबाट गलगलियामा प्रसाईँलाई हस्तान्तरण भएपछि चन्द्रगढी विमानस्थलबाट प्रसाईँलाई काठमाडौँ लगिने छ । यद्यपी उनलाई विराटनगर रानी नाकाबाट ल्याउन समेत सक्ने श्रोतले जनाएको छ ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क