
मेचिनगर । चैत्र १५ गते तीनकुने घटनापछि फरार रहेका मेडिमल व्यवसायी दुर्गाप्रसाईलाई आज नेपाल ल्याउने हल्ला भएसँगै काँकरभिट्टा नाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ । बाक्लोरुपमा सुरक्षाकर्मी परिचालिन गरिएको छ ।
उनले भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेको फेसबुकमा उल्लेख गरेका थिए । तर उनी पक्राउ परेको भन्ने समाचारहरु गलत रहेको प्रहरीले जनाएको थियो । उनलाई नेपालतर्फ ल्याउनका लागि उनका उनका समर्थक र आफ्न्त तथा केही सञ्चारकर्मी भारततर्फ लागेको स्थानीय प्रशासनले जनाएको छ ।
अहिले नेपाल भारत सीमा क्षेत्र काँकरभिट्टामा सशस्त्र , जनपथसहित सादा पोशाकका प्रहरी निक्कै बाक्लो उपस्थित रहेको छ ।
केही कानून व्यवसायी र मानवअधिकारकर्मीहरुसमेत काँकरभिट्टा नाकमा पुगेका छन् । तर भीड बेढेकै कारण यहि नाका भएर उनलाई ल्याउने सम्भावना कम भएको एकजना प्रहरी अनुसन्धान अधिकृतले बताए ।
आसाम प्रहरीले पूर्वी नाका काँकरभिट्टा नेपाल प्रहरीलाई बुझाउने तयारी गरेको भएपनि त्यहाँ उनका समर्थकको भीड रहेका कारण सुरक्षा संयन्त्रलाई मध्यनजर गर्दै भद्रपुर विमानस्थल मार्फत काठमाडौं ल्याउने तयारी भइरहेको सुरक्षा स्रोतले जनाएको छ ।