०६ बैशाख २०८२, शनिबार

पाँचकन्या जङ्गलमा मृत भेटिएकी चुनकुमारीको हत्यामा परिवारको संलग्नता : चार जना पक्राउ

विराटनगर – सुनसरीको धरान–६ स्थित पाँचकन्या सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी चुनकुमारी बुढाथोकीको हत्या गरिएको खुलेको छ। यस घटनामा संलग्न भएको आशंकामा प्रहरीले उनका आफन्तसहित चार जनालाई पक्राउ गरेको छ।

धरान नजिकैको पानवारीस्थित पाँचकन्या जङ्गलमा अर्धनग्न अवस्थामा भेटिएकी चुनकुमारीलाई नियोजित रूपमा त्यहाँ पुर्याएर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा मृतकका देवर, देवरानी, नन्द तथा एक बाह्य व्यक्ति रहेका छन्। उनीहरूलाई बिहीबार राति भाग्ने क्रममा झापा र मोरङबाट पक्राउ गरिएको हो।

घटनामा अरू व्यक्तिहरूको पनि संलग्नता हुन सक्ने आशङ्कामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

महालक्ष्मी नगरपालिका–१ माइतीघर भएकी ३२ वर्षीया चुनकुमारी हाल इटहरीको हलगडामा डेरा गरी बस्दै आइरहेकी थिइन्। उनका श्रीमान प्रेमबहादुर बुढाथोकी रोजगारीका सिलसिलामा कोरियामा छन्। चुनकुमारी इटहरीमा डेरा लिएर छोरासँग बस्दै आएकी थिइन्।

गत सोमबार दिउँसो १२:३० बजे जङ्गलमा उनको शव भेटिएको थियो। घाँटी र शरीरका विभिन्न भागमा चोट देखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क