०३ बैशाख २०८२, बुधबार

आईपीएल चेन्नई र कोलकाताबीच आज प्रतिस्पर्धा, धोनीको कप्तानीमा देखिएला त जादु ?

विराटनगर । आईपीएल द्दण्द्दछ अन्तर्गतको २५औं खेलमा आज चेन्नई सुपर किंग्स (CSK) र कोलकाता नाइटराइडर्स (KKN) एकआपसमा भिड्दैछन्। खेल चेन्नईको होम ग्राउण्ड एमए चिदम्बरम स्टेडियम (चेपक) मा केहीबेरमै सुरु हुने तयारीमा छ।

चेन्नई सुपर किंग्सका नियमित कप्तान ऋतुराज गायकवाड चोटका कारण प्रतियोगिताबाट बाहिरिएपछि आजको खेलमा पहिलोपटक महेन्द्र सिंह धोनी कप्तानको भूमिकामा देखिनेछन्।

हालसम्म दुवै टोलीको प्रदर्शन खासै प्रभावशाली देखिएको छैन। चेन्नईले ५ खेलमध्ये केवल १ जितेको छ भने, अजिंक्य रहाणेको कप्तानीमा रहेको कोलकाताले ५ मध्ये २ खेलमा मात्रै जित निकालेको छ। दुवै टोली आफ्नो पछिल्लो खेलमा पराजित भएका थिए, जसले गर्दा आजको खेल जितेर प्रतियोगितामा पुनः लय समात्ने उद्देश्य उनीहरू राख्नेछन्।

आजको स्क्वड
चेन्नई सुपर किंग्स (CSK)
एमएस धोनी (कप्तान तथा विकेटकिपर), रविन्द्र जडेजा, शिवम दुबे, मथीशा पथिराना, नूर अहमद, रविचन्द्रन अश्विन, डेभोन कन्भे, सैयद खलील अहमद, रचिन रवीन्द्र, राहुल त्रिपाठी, विजय शंकर, सैम करन, अंशुल कंबोज, मुकेश चौधरी, दीपक हुडा, नाथन एलिस, जेमी ओभरटन, कमलेश नगरकोटी, र अन्य।

कोलकाता नाइटराइडर्स (KKN)
अजिंक्य रहाणे (कप्तान), क्विन्टन डिकक ९विकेटकिपर०, सुनील नारायण, आन्द्रे रसेल, रिंकु सिंह, वेंकटेश अय्यर, मनीष पाण्डे, हर्षित राणा, वरुण चक्रवर्ती, एनरिक नॉर्टजे, रोवम्यान पावेल, रहमानुल्लाह गुरबाज, चेतन सकारिया, र अन्य।

चेपकको घरेलु मैदान र धोनीको अनुभवयुक्त कप्तानीले सीएसकेलाई फाइदा पुग्ने अपेक्षा गरिएको छ। आजको खेलले दुवै टोलीका लागि टर्निङ प्वाइन्ट बन्न सक्नेछ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क