
मोरङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कानेपोखरी गाउँपालिका कमिटीको नेतृत्व चयनका लागि भएको निर्वाचनमा भुपाल श्रेष्ठ अध्यक्ष पदमा विजयी भएका छन्। जम्मा १६६ मत खसेकोमा श्रेष्ठले ११९ मत प्राप्त गर्दै पर्शुराम खतिवडालाई ८१ मत अन्तरले पराजित गरे।
त्यस्तै, उपाध्यक्ष पदमा कृष्ण थामी ८१ मतसहित विजयी भए भने उनका प्रतिस्पर्धी कुमार फुयलले ७८ मत पाए। सचिव पदका लागि भएको प्रतिस्पर्धामा लक्ष्मी प्रसाद रिजालले ८४ मत ल्याएर विजयी भए, भने उमेश पौडेलले ६९ मत प्राप्त गरे ।
उप–सचिव पदमा दिनेश सुब्बाले ९० मत ल्याएर राजेन्द्र कार्कीलाई पछि पारे, जसले ५४ मत पाए। महिला उप–सचिवको पदमा खेम कुमारी बजगाई ८० मतसहित विजयी भइन्, भने किना ऋषिदेबले ५९ मत ल्याइन्।