
सुन्दरहरैँचा । नेकपा एमाले सुन्दरहरैँचा नगर कमिटीको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा डिल्लीप्रसाद ढकाल अध्यक्ष पदमा विजयी भएका छन्। उनले अर्का प्रतिस्पर्धी हेमराज सुवेदीलाई ४२ मतको फराकिलो अन्तरले पछि पार्दै नेतृत्व हात पारेका हुन्।
निर्वाचनमा कुल २८९ जना प्रतिनिधि रहेकामा २८७ जनाले मतदान गरे। तीमध्ये ९ मत बदर भएका थिए। अध्यक्ष पदमा ढकालले १५७ मत प्राप्त गरे भने सुवेदीले ११५ मतमा सीमित भए।
उपाध्यक्ष पदमा दुर्गादेवी भट्टराई १६४ मतसहित विजयी भइन्। उनकी प्रतिस्पर्धी अम्विका दाहाल निरौलाले १०० मत प्राप्त गरिन्। सचिव पदमा दावा तामाङ १४९ मत ल्याएर विजयी भए, भने विशाल गुरागाईंले १२१ मत पाए।
उपसचिव पदमा चार उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। जसमा खगेन्द्र सेन्दाङ लिम्बू १६५ मतसहित विजयी बने। त्यसैगरी, राजेन्द्र धमला पनि १२६ मत प्राप्त गर्दै विजयी भए। अन्य दुई उम्मेदवार युवाराज पौडेलले ११४ र शोभितमान पौडेलले १०५ मत प्राप्त गरे।