०३ बैशाख २०८२, बुधबार

स्याउ र रक्सी चोर्नेले देश चलाउन सक्दैनन – प्रधानमन्त्री ओली

काठमाडौं — प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले देशमा सुशासन र विकास भइरहेको बताएका छन्।

दमकमा आयोजित एमालेको जागरण सभालाई सम्बोधन गर्दै ओलीले देशलाई स्थिरता र स्थायित्व आवश्यक भएको बताएका हुन्। उनले देशलाई विभिन्न बहानामा अस्थिरता तर्फ लैजान खोजिएको बताएका छन्।

राजनीति नबुझ्नेले आलोचना गर्दै देश चलाउने प्रयास गरिरहेको बताए। ड्राइभिङ नजान्नेले गाडी चलाउँछु भनेर जनतालाई झुक्याउने काम गरिरहेको उनको भनाइ थियो।

“२–चार जना राजा फर्काउँछौं भन्दै गाडीको हुटमा चढेर हात हल्लाउँदै हिँडेको देखियो,” उनले भने, “ती कस्ता तत्व हुन् भन्ने कुरा चैत १५ गते काठमाडौंको तीनकुनेमा देखियो।”

प्रधानमन्त्री ओलीले ठूला कुरा गर्नेहरू स्याउ र रक्सी चोरेर भागेको आरोप पनि लगाएका छन्। राजा फर्काउने भन्दै हिँड्ने र तिनलाई मन्त्री बनाउने भन्दा पशुपतिका बाँदरलाई मन्त्री बनाउँदा राम्रो हुने बताएका छन्।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क