०३ बैशाख २०८२, बुधबार

नयाँ वर्षमा अयो पूर्वराजा शाहको सन्देश – ‘देश पृथ्वीनारायण शाहको दिव्योपदेश अनुसार चलाउन माग’

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले जनभावना अनुसार मुलुकको समग्र संरचनामा हेरफेर र सुधार गर्नुपर्ने बताएका छन्। नयाँ वर्ष २०८२ को अवसरमा भिडियो सन्देश जारी गर्दै उनले वर्तमान अवस्था प्रति गहिरो चिन्ता व्यक्त गरेका हुन्।

शाहले देशमा अस्थिरता, अराजकता, भ्रष्टाचार र निराशा बढ्दै गएको उल्लेख गर्दै अब यस्ता समस्या अन्त्य गर्न सक्ने ठोस कदम चालिनुपर्ने बताएका छन्। उनले राष्ट्रको स्वाधिनता, जनताको सम्प्रभुता र नेपालीको स्वाभिमान जोगाउन सबै मिलेर अघि बढ्नुपर्ने धारणा राखेका छन्।

उनले राजसंस्थाले सधैं राष्ट्रियता र प्रजातन्त्रको पक्षमा रहेर जनभावना अनुसार काम गर्दै आएको बताएका छन्। साथै, पृथ्वीनारायण शाहको ‘दिव्य उपदेश’लाई अबको राज्यसत्ताको मूल मन्त्र बनाउनुपर्ने प्रस्तावसमेत गरेका छन्।

शाहले सन्तुलित कूटनीति, आत्मनिर्भर अर्थतन्त्र र सामाजिक सद्भावका पक्षमा सबै एकजुट हुनुपर्ने आवश्यकता पनि औंल्याएका छन्।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क