०३ बैशाख २०८२, बुधबार

विराट कोहलीले प्यूमाले दिएको ३०० करोडको प्रस्ताव किन गरे अस्वीकार

टीम इन्डियाका स्टार खेलाडी विराट कोहली हाल आईपीएल २०२५ मा सक्रिय छन्। यसैबीच उनले आफ्नो पुरानो ब्रान्ड सम्बन्ध समाप्त गर्दै नयाँ अध्याय सुरु गरेका छन्। कोहलीले आठ वर्षसम्म जर्मन स्पोर्ट्सवियर कम्पनी ‘प्यूमा’को ब्रान्ड एम्बेसडरको रूपमा काम गरेका थिए।

भारतीय सञ्चारमाध्यम पीटीआईका अनुसार कोहलीले प्यूमाको नयाँ ३०० करोड भारतीय रुपैयाँको सम्झौता प्रस्ताव अस्वीकार गर्दै भारतीय कम्पनी ‘एजिलिटास’मा लगानी गरेका छन्। उनले अब यो कम्पनीमा सह(निर्माताको भूमिकामा काम गर्ने भएका छन्।

एजिलिटासलाई प्यूमा इन्डिया तथा दक्षिण(पूर्व एसियाका पूर्व प्रबन्ध निर्देशक अभिषेक गांगुलीले नेतृत्व गरिरहेका छन्। कोहलीको लगानीको रकम सार्वजनिक गरिएको छैन, तर स्रोतका अनुसार यो ठूलो परिमाणमा भएको छ।

कम्पनीले कोहलीको लोकप्रियता प्रयोग गरी अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने योजना बनाएको बताइएको छ।

विराट कोहली हालै आईपीएल २०२५ मा रॉयल च्यालेन्जर्स बेंगलोर ९च्ऋद्य० बाट खेल्दैछन् र टिमलाई उपाधि नजिक पुर्‍याउने प्रयासमा छन्। उनी भारतका सबैभन्दा लोकप्रिय खेलाडी मध्ये एक हुन् र सामाजिक सञ्जालमा सबैभन्दा धेरै फलोअर्स भएका एथ्लेट हुन्।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क