
विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले एसईई परीक्षा दिएर बसेका विद्यार्थीका लागि निःशुल्क ब्रिज कोर्ष सञ्चालन गर्न लागेको छ। यही बैशाख ७ गतेदेखि सुरु हुने कक्षामा करिब ३०० विद्यार्थी सहभागी हुने बताइएको छ।
स्कुलका प्रिन्सिपल टिकाराम पुरीले ब्रिज कोर्षमा विज्ञान र व्यवस्थापन संकायका शैक्षिक विषयसँगै एआई प्रोग्रामिङ, रोबोटिक्स, अंग्रेजी भाषा, फुटबल, पौडी र बास्केटबलजस्ता अतिरिक्त कक्षाहरू पनि सञ्चालन हुने बताएका छन्।
यस कार्यक्रमले विद्यार्थीलाई आगामी अध्ययनप्रति प्रेरित गर्नुका साथै विभिन्न अतिरिक्त कृयाकलापमा सहभागी गराउन सहयोग गर्ने उनले बताएका छन्। साथै, उच्च शिक्षाको तयारीका लागि उपयुक्त शिक्षण संस्था छनोट गर्न यो कोर्षले मद्दत गर्ने विश्वास पनि उनले व्यक्त गरेका छन्।