
नेकपा एमाले विराटनगर महानगर कमिटीको अधिवेशनमा प्रारम्भिक मत परिणाम सार्वजनिक हुन थालेको छ। पहिलो ५० मत गणना गर्दा अध्यक्ष पदमा बलराम गिरीले अग्रता लिएका छन्। उनले ३३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी रोहित कोइरालाले १७ मत प्राप्त गरेका छन्।
उपाध्यक्ष पदमा रोहित समूहका उम्मेदवार सुभाष कुमार न्यौपाने ‘सुरज’ले २८ मत प्राप्त गर्दै अगाडि छन् भने राम पोखरेलले २० मत पाएका छन्।
सचिव पदतर्फ विज्ञान चापागाईंले ३१ मतसहित अग्रता लिएका छन्। उनका प्रतिस्पर्धी नवराज काफ्लेले १७ मत पाएका छन्।
सहसचिव पदमा हमित आजले ३३ मत प्राप्त गर्दै स्पष्ट अग्रता बनाएका छन् भने चन्द्रशेखर विश्वासले १२ मत पाएका छन्।
महिला उपसचिव पदमा हिमा मैनाली पोखरेलले ३० मत प्राप्त गर्दै अग्रता कायम गरेकी छन्। उनका प्रतिस्पर्धी प्रेम कला डाँगीले १५ मत पाएकी छन्।