
विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष बलराम गिरीले विराटनगरमा पार्टीलाई मजबुद बनाउ गुट र समूहभन्दा माथि उठेर काम गर्ने बताएका छन् ।
आज पार्टी कार्यालय विराटनगरमा आयोजित पदस्थापन तथा सपथ ग्रहण कार्यक्रममा बोल्दै विराटनगरमा पार्टीलाई एकढिक्का बनाउन आफु आजैका मितिबाट लाग्ने बताए । उनले यसमा सबै नेताहरुलाई सहयोग गर्न समेत आग्रह गरे ।
गत तीन गते सम्पन्न नेकपा एमाले विराटनगर महानगर कमिटीको अध्यक्षमा गिरीसहित सबै गिरी प्यानलकै निर्वाचित भएका थिए । उपाध्इक्ष सुवाष न्यौपाने (सुरज), सचिवमा विज्ञान शर्मा चापागाई, उपसचिवमा मो. हमिद आजाद, महिला उपसचिवमा हिमा मैनाली पोखरेल निर्वाचित भएका थिए । उनीहरुले आजै सपथ लिएर पदभार ग्रहण गरेका छन् ।