०७ बैशाख २०८२, आइतबार

ललितपुर सिटी एफसी नेपाल सुपर लिगको फाइनलमा

साबिक विजेता ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) २०८१ को फाइनलमा प्रवेश गर्न सफल भएको छ। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार सम्पन्न पहिलो क्वालिफायर खेलमा ललितपुरले धनगढी एफसीलाई २–१ ले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो।

ललितपुरका लागि खेलको ५७औं मिनेटमा क्रेभेन्स बेलफोर्टले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए। तर त्यो अग्रता लामो समय टिक्न सकेन। खेलको ६१औं मिनेटमा धनगढीका जर्ज कार्कीले बराबरी गोल फर्काउँदै खेललाई रोमाञ्चक बनाए। त्यसपछि दुवै टोली गोल खोज्न आक्रामक बनेका थिए। अन्ततः ७९औं मिनेटमा पापा इबाउ केबेले निर्णायक गोल गर्दै ललितपुरलाई दोस्रो पटक अग्रता दिलाए। बाँकी समयमा दुवै टोलीले थप गोल गर्न सकेनन् र ललितपुर विजयी बन्दै फाइनलमा पुग्न सफल भयो।

खेल निकै चर्किएको थियो। खेलको १६औं मिनेटमै ललितपुरका मणि कुमार लामाले रातो कार्ड पाएर मैदानबाट बाहिरिनुपरेको थियो, जसका कारण ललितपुरले बाँकी खेल १० खेलाडीमै खेलेको थियो। संख्यात्मक दबाबका बाबजुद पनि ललितपुरले उत्कृष्ट प्रदर्शन गर्दै महत्वपूर्ण जित दर्ता गर्‍यो।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क