१० बैशाख २०८२, बुधबार

आईपिएलमा आज दुई खेल : पञ्जाब र बेंगलुरु, मुम्बई र चेन्नई आमनेसामने

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा आज आइतबार दुई रोमाञ्चक खेलहरू हुँदैछन्। दिउँसो र राति हुने यी खेलहरूमा पञ्जाब किङ्स र रोयल च्यालेन्जर्स बेंगलुरु, तथा मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्स आमनेसामने हुँदैछन्।

पञ्जाब–बेंगलुरु:दोस्रोपटकको भिडन्त

पहिलो खेल दिउँसो पौने ४ बजे चण्डीगढस्थित मुल्लानपुर क्रिकेट रंगशालामा हुनेछ, जहाँ पञ्जाब किङ्स र रोयल च्यालेन्जर्स बेंगलुरु प्रतिस्पर्धा गर्नेछन्। दुई टोलीबीच ४८ घण्टाको अन्तरमै दोस्रोपटक भेट हुँदैछ।

शुक्रबार बेंगलुरुमा भएको खेलमा पञ्जाबले बेंगलुरुलाई ५ विकेटले पराजित गरेको थियो। हाल अंकतालिकामा पञ्जाब ७ खेलमा १० अंकसहित तेस्रो स्थानमा छ भने बेंगलुरु ७ खेलमा ८ अंक जोड्दै पाँचौं स्थानमा रहेको छ।

आजको खेलमा पञ्जाबले जित हात पार्न सके शीर्ष स्थानमा उक्लनुका साथै प्लेअफ प्रवेशको सम्भावना बलियो बनाउनेछ।

मुम्बई–चेन्नई : चिरप्रतिद्वन्द्वीको भिडन्त

दोस्रो खेल बेलुकी पौने ८ बजे मुम्बईको वाङ्खडे स्टेडियममा हुनेछ, जहाँ दुई पाँचपटकका च्याम्पियन मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुनेछ।

हाल यी दुई टोली अंकतालिकाको बटम हाफमा छन्। मुम्बई ७ खेलमा ६ अंकसहित सातौं स्थानमा छ भने चेन्नई ७ खेलमा ४ अंकसहित दशौं स्थानमा रहेको छ।

यसअघिको भिडन्तमा चेन्नईले घरेलु मैदानमा मुम्बईलाई ४ विकेटले पराजित गरेको थियो। त्यसयता लगातार ५ खेलमा हार बेहोरेको चेन्नईले पछिल्लो खेलमा लखनउलाई हराएर लयमा फर्कने संकेत दिएको छ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क